कनकाईधाम कोटिहोममा लक्ष कुम्भपूजन महायज्ञ हुने

कनकाई  धाम काेटीहाेम झापा 

   २०७४ सालको फाल्गुण ४ गते देखि फाल्गुण १५ गते (अर्थात फाल्गुण शुक्ल प्रतिप्रदा देखि द्वादशी तिथि) भित्र त्रिपुष्करः पयोव्रत कुम्भलग्नमा सूर्य, वुध र शुक्र दशम स्थानमा स्वगृहि दृष्टि, मंगल घरमा वृहस्पति, कुम्भ राशीमै चन्द्रमा पर्ने हुदा यो समय महाकुम्भ योग पर्न जान्छ र यस्तो अति श्रेयस्कर ऐतिहासिक संयोग एक शताब्दीमा एक पटक मात्र पर्न सक्ने भएकोले उक्त समयमा कुम्भपूजन महायज्ञको अनुष्ठान गर्नाले सर्वत्र सुख, शान्ति, समिद्धि र पुण्य प्राप्ति हुने कुरा धार्मिक विद्वत वर्गवाट जानकारी भइ नेपाल तीर्थ प्रकाश संघको आह्वानमा राष्ट्रव्यापी रुपमा नेपालका विभिन्न ११ तीर्थस्थलहरुमा एकै समयमा एउटै धार्मिक पद्धति मार्फत  गोविन्द त्रिपुष्करः पयोऽमृत लक्ष कुम्भपूजन महायज्ञ  नामक वृहत धार्मिक अनुष्ठान हुन गइरहेको कुरा अवगत गराउन चाहान्छौ ।
     यसै सन्दर्भमा नेपालको पूर्वाञ्चलमा उक्त अनुष्ठान काहा गर्ने भन्ने छलफल हुदा यस क्षेत्रकै अति महत्वपूर्ण धार्मिक पर्यटकीय क्षेत्र, २०४२ सालमा राष्ट्रगुरु योगी नरहरिनाथज्यूको अगुवाईमा एक करोड गायत्री मन्त्रद्वारा होमादी महायज्ञ गरिएको, पवित्र पावन कनकाई माइ नदीको पूर्वीय तट कनकाई नगरपालिका वडा नं. ४ मा अवस्थित कनकाईधाम कोटीहोममा आयोजना गर्न उपयुक्त हुने भनी नेपाल तीर्थ प्रकाश संघ, कनकाईधाम धार्मिक विकास संस्था कोटीहोम, थर गोत्रिय वन्धु संघ संस्थाहरु र धार्मिक विद्धत वर्गहरुको भेलावाट ठहर भइ उक्त अवधिभर १२ दिवशीय लक्ष कुम्भपूजन माहायज्ञ गर्ने निर्णय भइसकेको र  यस कार्यक्रमको लागि ५०१ सदस्यीय मूल आयोजक समिति तथा अन्य आवश्यक विभिन्न उपसमितिहरु समेत गठन भइ पूर्व तयारीका विविध गतिविधिहरु भई रहेको कुरा समेत सहर्ष अवगत गराउन चाहान्छौ ।
    उक्त महायज्ञमा कर्ता भक्तहरु मार्फत चडाइने दश हजार वढी घडा (कलश) दैनिक पूजा, अर्चना,परिक्रमा, आरति गरिनुका अलावा पञ्च कुण्डीय लक्ष हवन, शिवव्रह्मलिङ्गको प्राण प्रतिष्ठा, व्रह्मतारक महामन्त्रको पारायण, दैनिक रुपमै वराह पूराण, रुद्री,चण्डी, वेद पाठ, भजन कीर्तन, विद्वानहरुवाट धार्मिक प्रवचन लगायत विविध धार्मिक तथा सास्कृतिक कार्यक्रमहरु जारी राखिने साथै भारतवाट हिन्दु धर्मका माहान गुरु शंकराचार्यज्यू लगायत नेपालका विभिन्न धार्मिक गुरु आचार्यहरुको आगमन हुने र दैनिक हजारौ भक्तजनहरुको सहभागिता रहने अपेक्षा राखिएकोले यो अनुष्ठान कोटीहोम महायज्ञ पश्चातको यस क्षेत्रको लागि सवैभन्दा ठूलो धार्मिक अनुष्ठान भई यसवाट हाम्रा तीर्थस्थलहरुको गरिमा थप अभिवृद्धि भएर जाने समेत अपेक्षा राखिएको छ ।

   दैनिक दशौ हजार घडा पूजनका अलावा पन्च कुन्डीय लक्ष हवन, शिव ब्रम्हलिङ्गको प्राण प्रतिष्ठा, बराह पुराण, ब्रह्म तारक महामन्त्रको पारायण, रुद्री, चन्डी, वेद पाठ, भजन, प्रवचन लगाएत हुने १२ दिन सम्म चल्ने उक्त बृहत् अनुष्ठान हेर्ने र सहभागी कर्ता बन्ने मौका नगुमाउनु हुन हामी सबै धर्म प्रेमी माहानुभावहरुमा सादर अनुरोध गर्दछौ ।

- लक्ष कुम्भ पूजन महायज्ञ आयोजक समिति, कनकाई धाम कोटीहोम झापा 

Welcome to Kankaidham (Kotihom)


              Kankai dham, Kotihom is a very famous religious & touristy site situated in Surunga village development, Jhapa district in eastern part of Nepal with area of about ten hectors. It is sprawling at the eastern bank of the Kankai Mai the sacred river that flows through the central part of the district.There are more than two dozens of small & big temples, inns, cloister etc.in Kankaidham. About the  history of its set-up,a grand ritual ceremony (Kotihom Mahayaggya) was performed here in 1985 AD with the outstanding inspiration and leadership of late Yogi Naraharinath a towering personality in the religious and historical field in and out of Nepal.  Since then it has been named kotihom and latter changed into Kankaidham,Kotihom....... Read More            
                                                                                        

Kankai river : brief introduction

Kankai bridge : The longest concrete bridge of Nepal
  Kankai or Kanakai (Both word are in writing tends) river is one of the famous river in Nepal as a religious secret river and due to its other advantage. The Kankai originates in the Mahabharat Range of Mechi zone in Nepal and flowing through nearly central part of Ilam and Jhapa district. Kankai bridge is known as the longest concrete bridge of Nepal constructed on Mahendra highway that add Kanakai and satasidham Municipality in Jhapa district.

The Kankai river is flowing with very clean and cold water excluding rainy season. So that people want to bath here. The water of Kankai river is used for irrigation and hydro electricity power.  Kankai area has not more pollution problem, but flow of the rainy season cutting valuable field in both edge every year.....

कनकाई धाम ( कोटीहोम ) मा बहु उद्देश्यीय सामुदायिक भवनको निर्माण कार्य प्रारम्भ


 कोटीहोम बहु उद्देश्यीय सामुदायिक भवनको सिलान्यास पूजा गरिदै
    
    पूुर्वाञ्चलको महत्वपूर्ण धार्मिक पर्यटकीय क्षेत्र कनकाईधाम, कोटीहोममा वहुउद्देश्यीय सामुदायिक भवनको निर्माण कार्य प्रारम्भ गरिएको छ । झापा जिल्ला लगायत पूर्वाञ्चलका विभिन्न स्थानवाट मात्र नभएर पूर्वाेत्तर भारतका समेत भक्तहरुको धार्मिक आस्थाको केन्द्र वनेको कनकाईधाम, कोटीहोममा २०४२ सालमा योगी नरहरिनाथज्यूको अगुवाईमा एक करोड गायत्री मन्त्रोच्चारणका साथ विश्व कल्याण कोटीहवन माहायज्ञ सम्पन्न गरिए पश्चात धामको रुपमा विकसित हुदै आएको हो ।
     यहाँ वर्षेनी पाँच लाख वढी दर्शनार्थी तथा पर्यटक पूजापाठ, विवाह, व्रतवन्ध,पुराणादी गर्न र घुम्न आउने भएता पनि उनीहरुको लागि उपयुक्त वासस्थान र कार्यक्रम स्थलको अभाव हुने गरेको र विभिन्न वन्धु संघ संस्थाद्वारा यस अघि वनाइएका भवनहरु पनि अपर्याप्त र सामान्य हैसियतका भएकाले कनकाईधाम धार्मिक विकास संस्था, कोटीहोम आफैले सुविधा सम्पन्न वहुउद्देश्यीय भवन निर्माणको पहल शुरु गरेको कुरा त्यस संस्थाका अध्यक्ष श्री कोमल प्रसाद प्रसाईले सिलान्यासको अवसरमा वताउनु भयो । केही वर्ष अघि देखि गुरुयोजना लागु गरी योजनावद्ध विकासका कार्यहरुलाई तिव्रता दिइएको कोटीहोममा गत वर्ष यस ठाउँको मूल मन्दिर करिव ४० लाखको लागतमा पुनः निर्माण सम्पन्न भएको थियो, भने फूलवारी उद्यान वाटिका विकासको पहिलो चरणको कार्य पनि सम्पन्न गरि सकिएको छ, र उक्त वाटिका भित्र आगामी वर्ष पानी फोहोरायुक्त संरचना सहितको योगी नरहरिनाथको स्मारिका वनाउने योजना रहेको कुरा सो संस्थाका सचिव कृष्ण प्रसाद घिमिरले जानकारी गराउनु भयो ।

Popular Posts